मोर्चाका नेतामाथि भारतीयद्वारा हातपात
Advertise Here Book Now

वीरगन्ज, १८ कात्तिक । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०-४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।
मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएको छ ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयहरुले धर्ना बसेका मोर्चाका नेताकार्यकर्ताहरुलाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको बताए । अाजकाे अन्नपूर्ण पोस्टमा खबर  रहेकाे छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्