श्रीमतीलाई वेश्यावृत्तिमा लगाएर श्रीमानले करोडौँ कमाए
Advertise Here Book Now

पेरिस । फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले आफ्नी पत्नीलाई वेश्यावृत्तिमा लगाएर महिनामा स्थानीय मुद्रा करोडौँ रुपियाँ कमाइ गरेको रहस्य खुलेको छ । ती व्यक्तिले पत्नीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर महिनामा फ्रान्सेली रुपियाँ ३ लाख ६० हजारसम्म कमाइ गर्ने गरेको खुलेको हो ।
Ads

५४ वर्षीय ती व्यक्तिको पत्नीको उमेर ४५ वर्ष थियो । उनीहरूका पाँच वर्षीय छोरा पनि छन् । दबावमा परेर चार वर्षसम्म पत्नीले वेश्यावृत्ति गरेर पैसा कमाइ गरेकी हुन् । घटना सार्वजनिक भएपछि पेरिसको स्थानीय पुलिसले ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका ती व्यक्तिविरुद्ध अदालतमा चलेको सुनुवाईका क्रममा पत्नीलाई वेश्यावृत्तिमा लगाएको खुलेको समाचारमा जनाइएको छ । चार वर्षमा ती महिलाले २ हजार ७ सय ४२ जनासँग यौनसम्पर्क राखेको अदालतमा दिइएको बयानमा उल्लेख छ । ती व्यक्तिले आफ्नी पत्नीलाई घर मै वेश्यावृत्ति गराउने गरेका थिए । उनले आफैँले घरमा आउने ग्राहकलाई सेवा गर्नुका साथै ग्राहक खोज्ने काम गर्ने गरेको समचारमा उल्लेख छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्