वीरगन्जमा प्रदर्शन जारी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  कात्तिक १९/  प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान भएपछि चर्किएको वीरगन्जको आन्दोलन अझै जारी छ । आज पनि माईस्थान र घन्टाघरमा झडप भएको छ । कर्फ्यू खुलेको समयमा मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
स्थानीय प्रशासनले दिउसो ३ बजेसम्म कर्फ्यू हटाएको छ । तीन दिनको लगातारको कर्फ्यूपछि स्थानीय प्रशासनले बुधबार विहान ८ बजेबाट कफ्र्यू हटाएको थियो ।
यता, आन्दोलनरत मधेसी मोर्चाको तर्फबाट वार्ता समिति सदस्य लालबाबु राउतले राज्यले प्रहरी लगाएर आन्दोलन दमन गरिरहेको बताएका छन् । उनले सरकार “पहाडे राष्ट्रवाद” का नाममा मधेसी जनतालाई गैरनागरिक सरह ब्यबाहार गरिरहेको आरोप लगाए ।
राउतले सरकार मधेसको आवाज दमन गरेरै निष्तेज पार्ने सोचमा रहेको भन्दै उनले विश्वमै शान्तिपूर्ण आन्दोलन कहिल्यै पनि विसर्जन भएको इतिहास नभएको भन्दै जारी आन्दोलनले मधेसका माग स्थापित गरेरै छाड्ने दाबी गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्