आफू खुशी विदामा बस्ने शिक्षकलाई ‘रातो चिन्ह’
Advertise Here Book Now

 ऑनलाइन सिराहा डटकम /मनपरी रुपमा विदामा बस्ने शिक्षकहरुलाई रातो चिन्हसहित कार्वाही गरिएको छ । जिल्लाको जैर गाविसस्थित श्री सरस्वाती माविको व्यवस्थापन समितिले आफू खुशी विदामा बसेको भन्दै प्रधानाध्यपाकसहित पाँच जाना शिक्षकको हाजिरी पुस्तिकामा रातो चिन्ह लगाउँदै एक महिनाको तलब रोक्का गरेको छ ।
समितिका अध्यक्ष राजबहादुर धामीको अध्यक्षतामा बसेको बैठकले सो निर्माण गरेको हो । विद्यालयमा कार्यरत शिक्षकहरुले आफू खुशी दशैं र तिहारको एकै पटक बिदामा बसेको भन्दै आफुखुशी विदामा बस्ने शिक्षकलाई कारवाहीस्वरुप एक महिनाको तलव रोक्का गर्ने निर्णय समेत गरेको छ ।
प्रअ रामनरेश ठाकुरसहित मावि र निमावि स्तरका पाँच जना शिक्षक आफू खुशी बिदामा बसेको व्यवस्थापन समितिका अध्यक्ष धामीले अनलाइन डबलीलाई बताए । शिक्षकहरु आफूखुशी विदामा बस्न थालेपछि आफूहरु सो निर्णय गर्ने बाध्य भएको धामीले बताए ।
सोही विद्यालयमा कार्यरत दुई जना शिक्षक गत असारदेखि अहिलेसम्म पनि विदामा बसेका छन् । उनीहरुलाई कारवाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत समितिले गरेको छ । ‘याे चेतावनी हाे, अझै अाफू खुशी विदामा बस्न थालियाे भने कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछाैँ’ धामीले भने । साउनदेखि विद्यालय उपस्थित नभएका शिक्षकलाई भने कारवाहीकाे लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गर्ने उनले बताए ।
शिक्षकहरु विदामा बसेकाले अहिले विद्यालय संचालन हुन नसकेकाे अभिभावक बताउँछन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्