सिटौलाको नाममा भएकाे सहमति नमान्दा कांग्रेसले राष्ट्रपति गुमायाेः प्रवक्ता शर्मा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक १६/ एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले उच्च तहका नेताहरुकै कारण काँग्रेसले राष्ट्रपति पद गुमाएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा शर्माले कृष्ण सिटौलाको नाममा भएको सहमतीलाई काँग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौड्लले लिखित सहमति गर्न नमानेपछि राजनीतिक सहमतीको अन्त्यसँगै राष्ट्रपतिको पद गुमाएको बताए ।
‘भारतले लगाएको अघोषित नाकाबन्दीले भारत असल छिमेकी नभएको नयाँ पुस्ताले जानकारी पाएको छ ,’ शर्माले कार्यक्रममा बाेल्दै भने,’विगतमा भारतको नाकाबन्दी झेलेका पुस्ताले भारतले नेपाललाई जतीबेला पनि दुःख दिने छिमेकी भएको जानकार भएता पनि २०४६ साल पछिको पुस्ताले भारत असल छिमेकी नभएको जानकारी पाउन सकेको थिएन ।’
शर्माले ईन्धनको समस्या समाधानको बैकल्पिक उपायको खोजीमा चीनले अनुदानको इन्धन उपलब्ध गराएता पनि न्यूनतमा तीन वर्षका लागि अर्को सहमती हुने र यसले इन्धनको अभावमा सहजता आउने छ ।
चीन तर्फका सबै नाका खोल्न सरकार लाग्नु पर्ने बताउँदै नेपालले भारतसँग सम्बन्धलाई सुधार गर्दै पैसो तिरेर समान खरिद गर्ने वातावरण मिलाउनु पर्ने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्