मधेसी मोर्चाको आन्दोलनमा मारिने भारतीय नागरिक भएको खुलासा
Advertise Here Book Now

वीरगञ्ज, १६ कार्तिक । मधेसी मोर्चाको आन्दोलनमा सहभागि एक भारतीय नागरिकको प्रहरीको गोलीबाट वीरगन्जमा मृत्यु भएको छ । सरकारविरुद्ध आन्दोलन गरिरहेका मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिक पनि सहभागि भएका थिए । आन्दोलनमा सहभागि भारतीय नागरिकले प्रहरीमाथी ढंगामुढा गरेलगतै दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको पर्सा प्रहरी प्रमुख सानुबाबु श्रेष्ठले बताए ।
प्रहरीको गोलीबाट भारत रक्सौल नयाँ रोडका २४ बर्षीय आशिसकुमार राम रहेका छन् । सोमबार विहान वीरगन्ज भान्सार नाकामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले धपाएको थियो । प्रहरीले धपाएलगतै प्रर्दशनमा उत्रेका आन्दोलनकारीले प्रहरी बिट जलाउन खोजेका थिए । प्रहरी बिट जलाउन खोजेपछि झडप भएको थियो ।
झडपमा प्रहरीले गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्