सिरहामा प्रधानमन्त्रि ओलीको शव यात्रा ।
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, १८ कार्तिक ।

सिरहाको मिर्चैयामा आज (बुधवार) संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रि केपी शर्मा ओलीको शव यात्रा निकालिएको हो । मधेशको जायज माँग सम्बोधन गराउनका लागि शान्तिपुर्ण रुपमा धर्नामा बसेको समयमा प्रहरीले बिरगंजमा हस्तक्षेप गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्रि केपी शर्मा ओलीको शव यात्रा निकालिएको हो । मिर्चैयाको भगबतपुर चौकबाट सुरु भएको शव यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै बजारमा पुगी शव दहन गरिएको संघिय समाजबादी फोरम नेपालका जिल्ला सदस्य राम दयाल यादबले बताए । शव यात्राको क्रममा प्रदर्शनकारीले प्रधानमन्त्रि ओलीको बिरुद्धमा कडा नाराबाजी गरेका थिए । शव दहन पछि मोर्चाले कोण साभाको पनि आयोजना गरेका थिए ।






,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्