राष्ट्रपति विद्याकी छोरी र निवर्तमान राष्ट्रपति यादवका नातीबीच बिहे हुने
Advertise Here Book Now

जनकपुरधाम, कात्तिक १६ । राष्ट्रपति विद्या भण्डारीको शपथसँगै निवर्तमान राष्ट्रपति रामवरण यादव शीतल निवासबाट निस्किए । तर उनले शीतल निवासमा एउटा साइनो भने बाँकी नै राखेको खुलासा भएको छ ।
यो संयोग नै भन्नुपर्ला, विद्या भण्डारी राष्ट्रपतिमा विजय नहुँदै उनको साइनो भने तत्कालिन राष्ट्रपति रामवरण यादवसँग जोडिइसकेको थियो । निवर्तमान राष्ट्रपति यादवको गृहनगर जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडेले जनाए अनुसार, यो साइने भण्डारी र यादव परिवारबीच हो ।
खबर अनुसार, नवनिर्वाचित राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरीको विवाह निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको नातीबीच आउँदो वर्ष हुन गइरहेको छ । यसो भएको खण्डमा भण्डारी र यादवबीच शीतल निवासको मात्रै नभएर सम्धी–सम्धिनीको साइनो समेत जोडिने छ ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशा किरण र निवर्तमान राष्ट्रपति डा. यादवकी भतिजी सांसद किरण यादवका छोरा अभिषेक अधिकारीबीच आउँदो वर्ष विहे हुने भएको हो ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीकी दुई छोरी छन् भने सांसद यादवको एक छोरा र एक छोरी छन् । छोरीको विहे भइसकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्