वीरगंजमा प्रहरीले युवकलाई कुटपिट गरी आगोमा फाले
Advertise Here Book Now

१८ कार्तिक । वीरगंजमा प्रहरीले अस्पतालबाट फर्किरहेका एक युवकलाई कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका छन् ।
पर्साको वीरगंज उपमहानगरपालिका वडा नं. १५ मुरली वस्ने वर्ष २२ का मिहिर कुमार कर्णलाई प्रहरीले कुटपिट गरी बलिरहेको आगोमा फालिदिएका हुन् ।
आगोले पोलेर अनुहारलगायत शरिरका विभिन्न भागमा घार भएका घाईते कर्णको हाल वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement

मंगलबार बेलुका ७ बजेको समयमा आफ्ना विरामी भाउजुलाई उपचारका लागि अस्पताल पुर्याई मोटरसाइकलबाट फर्किरहेका कर्णलाई प्रहरीले वीरगंजको मेनरोड नेशनल ट्रेनिङ नजिक रोकी कुटपिट गरी नजिकै बलिरहेको आगोमा फालिदिएको वीरगंजका स्थानीय मिडियाहरुले जनाएका छन् । सिकिस्त घाईते भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कर्णको शरिरको दहिने भाग गम्भीर रुपमा जलेको छ भने अनुहार, आँखा, टाउको, छाती लगायतका शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ ।
यसैबीच मधेसी बुद्धिजिवी पेशागत समुहले प्रहरीको यस्तो क्रुर र अमानवीय व्यवहारको निन्दा गरेको छ । मधेशमा जारी आन्दोलनको क्रममा प्रहरीले गरिरहेको मानवअधिकार हननका घटनामा अर्को एउटा घटना थपिएको उसको ठहर छ । समूहले घटनामा संलग्न प्रहरीको पहिचान गरी अविलम्ब कारवाही गर्न माग गरेको छ ।   स्रोत;हुलाकी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्