आवासीय सहितको रक्षाबाहिनीको तयारी, उपेन्द्र यादवलाई मधेशी जनताले थुनेको खुलासा
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान १७ चैत । सद्भावना पार्टीले आवासीयसहितको रक्षा बाहिनी तयार गर्ने भएको छ । विराटनगरमा तीनदेखि चलिरहेको राष्ट्रिय कार्य समितिका विस्तारित बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेशको प्रत्येक जिल्लामा २५—२५ रक्षा बाहिनी २४ औं घण्टा तैनाथ हुने गरी पार्टी कार्यालयकै छेउमा शिविर संचालन गर्ने उहांले बताउंनुभयो । प्रत्येक जिल्लामा पहिलो चरणमा १ सय रक्षा बाहिनी तयारी गरिने र महिनामा ७ दिन विदा दिने किसिमको कार्यक्रम रहेको भन्दै अध्यक्ष महतोले आवासीय शिविरका रक्षा बाहिनी आपत्तकालिन, दैवी प्रकोप, गरिब जनताको कामलगायत मधेश र मधेशीको रक्षाको लागि तयार रहने बताउंनुभयो ।
यसैगरी, कार्यक्रममा जनकपुरलगायतका सहभागीहरुले समूहगत छलफलकै क्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनमा घुसपैठ गरेको खुलासा गरेका थिए । उनीहरुले भने जनकपुरमा राजेन्द्र महतोको विरोधमा उपेन्द्र यादवले ‘हिरो बन्न विराटनगर जोगबनीको धर्नामा गएकोले ठीकै भयो ।’ यस्ता कुरा गरेपछि जनकपुरका जनताले उपेन्द्र यादवलाई एउटा कोठामा थुनेको थियो । उपेन्द्र यादवकै अह्मताले धर्ना कमजोर भएको जनकपुरका सहभागीहरुले दावी गरेका थिए । अर्कोतीर मधेश आन्दोलनकारीबाट नै केही व्यक्तिले आर्थिक प्रलोभनमा परेर तेल तस्करी गर्ने काम गरेकोले राजमार्ग केन्द्रीत आन्दोलन फितलो भएको सिरहा र सप्तरीका सहभागीहरुले बताएका थिए । उनीहरुले यस तेल तस्करीमा पनि फोरम नेपालका कार्यकर्ता बढी सक्रिय रहेको थियो भने मोर्चाका अन्य घटकका नेता कार्यकर्ता सक्रिय रहेको कारण मधेश आन्दोलन सफलताको अन्तिम सिढी चढ्न नसकेको विश्लेषण गरिएको थियो ।
अबको आन्दोलन कडा र पूरै ठप्प पार्ने किसिमको आन्दोलन गरिने कार्यक्रमका नेतृत्वपंक्तिले आव्हान गरिएको थियो । सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठक चैत्र १५ र १७ गते भएको छ । सो कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, आसन्न आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा विस्तार, पार्टी राष्ट्रीय महाधिवेशन, राष्ट्रिय कार्य समिति पूर्नगठन, पार्टी लेवी प्रणाली, जनजागरण पदयात्रा, वर्गीय मंच महाधिवेशन र संगठन सम्बन्धी जिम्मेवारी बाडफांट लगायतको विषय व्यापक छलफल भएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्