गोलबजारमा सरसफाई अभियान जारी
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, १७ फाल्गुन ।
सिरहा जिल्ला अन्तर्गत रहेको गोलबजारमा सरसफाई अभियान जारी
नै रहेको छ । गोलबजार नगरपालिका सर–सफाई अभियान अन्तर्गत
बुधबार छठौ हप्ताको सरसफाई सम्पन्न गरेको छ । ईलाका
प्रहरी कार्यालय गोलबजार, सशस्त्र प्रहरी वल सुरक्षा वेशक्याम्प
गोलबजार र गोलबजार नगरपालिकाको संयूक्त आयोजनामा
गोलबजार ४ र ६ लाई सरसफाई गरिएको छ । सरसफाइ
कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी,
नगरपालिकाको कर्मचारी, स्थानिय राजनितिक दल, बुद्धिजिवी, महिला,
पत्रकार समाजसेवी, व्यापारी स्थानियवासी उपस्थिती रहेको थियो ।