एसएलसीमा अमर्यादित कृयाकलाप गर्ने एक पक्राउ
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, १८ चैत्र ।
आजदेखि सुरु भएको एसएलसी परिक्षामा अमार्यादित क्रियाकलाप गर्ने
एक ब्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । एसएलसी
परीक्षाको पहिलो दिन आज अंग्रेजी बिषयको परीक्षामा श्री जनता
डोमी चौधरी उच्च मा.बि. पोखरमिण्डा २ सिरहामा कार्यालय
सहयोगीको परिचय पत्र बोकी परीक्षा शुरु भएको ४५ मिनट भित्र
प्रश्नपत्र लिई बिद्यालयको शौचालयमा गएको अवस्थामा प्रहरीले
घनगढीमाई ३ बस्ने २२ बर्षीय बरुण कुमार भन्ने बरुण देव
हरिजनलाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको
हरिजनलाई ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखी
कानुनी कार्वाही अगाडी बढाइएको छ ।