प्रहरी कार्यालय अगाडि तोड्फोड, प्रहरी नै लुके
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १९ चैत्त । रक्षकको अगाडि कसैले बल प्रयोग गरिरहेको छ भने त्यसलाई रोक्नुपर्ने तथा शान्ति सुरक्षा दिनुपर्ने हुन्छ । तर, सप्तरीको कडरबोना प्रहरी कार्यालय अगाडि भएको मोटरसाईकल तोडफोड देखेर प्रहरीहरु आफ्नो कार्यालयभित्र लुकेर बसे । यो घटना चैत्र १७ गते विहान ईलाका प्रहरी कार्यालय कडरबोना अगाडि संगीता चौधरीले बा.३८ प. ८३१५ नम्बरको मोटरसाईकलाई ईटा—ढुंगाले तोडफोड गरी क्षति पुरयाएको छ । उक्त मोटरसाईकल संगीता चौधरीका पति रामकुमार चौधरीबाट स्थानीय दिनेश चौधरीले १ लाख ४० हजारमा खरिद गरिएको बिक्रीनामा कागत समेत गरिएको हो । दिनेश चौधरीले माघ महिनामै रामकुमार चौधरीसंग मोटरसाईकल लिएर चढिरहेको थियो । यता, पति पत्निबीच आपसी द्धन्द्ध भएपछि संगीताले प्रहरीकै उस्कहाटमा मोटरसाईकल तोडफोड गरिएको स्थानीयहरु बताउंछन् । १ लाख ४० हजारमा खरिद गरेका दिनेश चौधरीले आफ्नो मोटरसाईकल संरक्षण गरि पाउं भनी ईलाका प्रहरी कार्यालय कडरबोनामा फोन सम्पर्क गर्दा ईंचार्ज नागेश्वरप्रसाद यादवले उल्टो गाली गरेर हप्काएको थियो । यहां प्रहरी कार्यालय अगाडि मोटरसाईकल तोडफोड गर्दा मुकदर्शक बनेका प्रहरी कस्तो रक्षक त ? चासोको विषय बनेको छ । फागुन २५ गते स्थानीय युवाहरुले त्यही प्रहरी कार्यालयका ईंचार्ज प्रेमबहादुर थापा र प्रहरी जवान अशोक यादवले घुस खाएको सम्बन्धमा अख्तीयार दुरुपयोगलाई जानकारी गराएपछि प्रहरीहरु केही युवाहरुलाई फसाउंने तर्साउने काम गरिरहेको छ । कार्यालयका ईन्चार्ज थापा र प्रहरी जवान अशोक यादव अख्तीयारको अनुसन्धानमा रहेको छ भने अशोक यादवका नातेदार असई श्रीदेव यादव सोही कार्यालयका मुद्दा फांटमा कार्यरत छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्