यस्तो भयो: मोर्चा नेता र भारतीय राजदूत बिच ‘होली संवाद’ प्रचण्डलाई मधेसमा नछिर्न उर्दी
Advertise Here Book Now
मोदीलाई विपक्षीको प्रश्नः ‘हामि किन पछि ?’
ऑनलाइन सिरहा डटकम चैत ११ । आन्दोलनरत ७ मधेशकेन्द्रित संम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता र भारतीय राजदूत रन्जित रायबीच बिहिबार ‘होली संवाद’ भएको छ ।
भारत र तराई मधेशमा समेत बिहिबार मात्र होली मनाइएकाले भारतीय राजदूतको ब्यक्तिगत निमान्त्रणमा मोर्चाका नेताहरु लैनचौर स्थित दूतावास परिसर भित्रै रहको उनको निजि निवास ‘इण्डिया हाउस’ पुगेका हुन । मोर्चाका एक नेताले भने ‘हरेक कुरामा राजनीतिक नै हुनुपर्दछ भन्नै छैन, होलीको शुभकामना आदानप्रदान गर्न उहाँले बोलाउनु भयो हाहिले पनि उहाँको सम्ममाण राख्दै दूतावासकै परिसरमा रहेको इन्डिया हाउस गयौं ।’
तर एक समाचार श्रोतका अनुसार उनीहरुबीच राजनीतिक पछिल्लो घटनाक्रमबारे समेत छलफल भएको हो, यद्यपी, दुबै पक्षले यसलाई होलीको शुभकामना साट्ने भेटघाट मात्र बताएका छन् । श्रोतका अनुसार बैशाखबाट पुनः आन्दोलन चर्काउने मोर्चा नेताहरुको भनाई सार्वजनिक भएपछि राजदूत रायले मधेसी शीर्ष नेतासँग यसबारे वास्तविक्ता बुझन खोजेको र त्यसउपर सरकारतर्फको पहलबारे विस्तृतमा छलफल भएको बताइएको छ ।
दुतावास पुगेका मोर्चामा आवद्ध प्रायः नेताहरुले खासै प्रतिकृया दिन चाहेनन भने यो समाचार तयारपारुन्जेलसम्म उनीहरुको मोवाइल सम्पर्क हुनसकेन । यद्यपी, छलफलमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले साक्षिप्त प्रतिकृया दिदै भेटघाट राजनीतिक नभई सास्कृतक (होली) केन्द्रित रहेको बताए । उनले भने ‘राजनीतिक नेताहरुकै जमघट भएपछि त समान्य राजनीतिक हुरा भइहाल्छ, हाम्रा मागमाथि सरकारी मनसायबारे उहाँले चासो देखाउनु भयो, हामीले माग पूरा गर्नेतर्फ सरकारको चासो नदेखिएको बतायौं ।’ समाचार श्रोतका अनुसार सीमांकन हेरफेर, नागरिकता, समावेसी, समानुपातिक प्रतिनिधित्व लगातयका संविधानका व्यवस्थाहरुमा आफूहरुको असन्तोष कायमै रहेको राजदूतलाई मधेशी शिर्ष नेताहरुले जानकारी गराएका थिए । नेताहरुले माग पूरा नभए सोचेभन्दा अर्को रुपले आन्दोलन चर्काउनेबारे पनि राजदूत रायलाई जानकारी दिएका थिए ।
यद्यपी, प्रधानमन्त्रीको चीन भ्रमण र सो क्रममा भएका सम्झौताबारे छलफल नभएको नेताहरुले दावी गरेका छन । महतोसहित दूतावासमा जानेमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सद्भानवनाका अध्यक्ष अनिल झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव थिए । मोर्चाका अन्य नेताहरु शरतसिंह भणडरी र महेन्द्रराय यादव उपत्याका बाहिर भएकाले उनीहरु दुतावास पुग्न नसकेको बताइएको छ ।
नेपाल र चीनबीच १५ बुँदे संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएको एक दिन पुरा नहुँदै मधेसी दलका नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा पुगेकाले यसलाई निकै चासो सहित हेरिएको छ । मोर्चाका नेताहरु ‘होली ब्रेक फास्ट’ भन्दै बिहानै भारतीय दूतावास पुगेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनसहितका महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि दुई देशले बुधबार संयुक्त विज्ञप्ती निकालेका थिए । होलीको शुभकामना लिनदिन बोलाइएको ब्रेक फास्ट भेटवार्तामा नेताहरुले यसअघि पनि भारतकै कारण आफूहरुको आन्दोलन ‘ब्रेक’ भएको भन्दै मोर्चाका नेताहरुले गुनासो गरेका स्रोतको दाबी छ ।
ओलीको चीन भ्रमणप्रति मोर्चाको यस्तो छ टिप्पणी
यसैबीच, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमाथि टिप्पणी गर्दै उनको भ्रमणलाई ‘सौताको रिसले पोइको काखमा पिसाब गर्नु’ सरह भएको बताएका छन् । ‘प्रधानमन्त्रीको भ्रमण फगत औपचारिकतामा मात्र सिमित भएको उनले दावी गरेका छन । सौताको रिसले पोइको काखमा पिसाब फेरेर के नै हुन्छ र ?’ उनले प्रतिप्रश्न गरेका छन । उनले एक अनलाइन न्यूजपोर्टलसगको कुराकानीमा यो भ्रमणबाट नेपाल भारतको आर्थिक तथा सामाजिक सम्बन्धमा कुनै असर नपर्ने पनि स्पष्ट पारेका छन ।
‘प्रधानमन्त्रीले हिमालयन एयरलाइन्सको जहाजमा ग्यासका दुई चार सिलिन्डर र तेलका ट्याङकर हालेर ल्याउने आशा काठमाडौंका एलिटहरुले गरेका थिए,’ मधेशी मोर्चाका नेता झाले व्यंग्य गर्दै भनेका छन, ‘तर उनीहरु निराश बन्नुपर्ने भएको छ ।’ मधेसी दलहरु नेपालको ठूलो राजनीतिक शक्तिकेन्द्र हुन् भन्ने चीनले बुझेको उल्लेख गर्दै उनले आफूहरु चीनविरोधी भने नभएको प्रष्ट पारेका छन ।
प्रचण्डलाई मधेसमा नछिर्न उर्दी
उता, मधेसी दलका युवाहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका छन् । विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धनले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेको हो । वीरगन्जमा शुक्रबारदेखि दोश्रो वीरगन्ज व्यपार महोत्सव शुरु हुँदैछ । उक्त महोत्सव उदघाटन गर्न अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज जाने कार्यक्रम रहेको छ । महोत्सव उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज पुग्ने सुचना थाहा पाएपछि मधेसी दलका युवाहरुले बिहीवार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गर्दै प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् ।
उनीहरुले बिहिबार दिउँसो घण्टाघर चोकमा प्रचण्डको पुत्लासमेत जलाएका छन् । युवा गठबन्धन पर्साका अध्यक्ष ईश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दलविरुद्ध नाराबाजी पनि गरेका छन । मधेसी जनता विरोधी संविधान जारी गर्न प्रचण्डको मूख्य भूिमका रहेकाले उनलाई मधेसको भूमि वीरगन्जमा छिर्न नदिने चेतावनी दिँदै पुत्ला दहन गरिएको युवा गठबन्धनका सर्राफले बताए ।
आफुहरुको चेतावनी अटेर गरेर माओवादी अध्यक्ष प्रचण्ड वीरगन्जमा आए प्रतिकार पनि गरिने युवा गठबन्धन पर्साका अध्यक्ष यादवले चेतावनी दिए । ‘मधेसी जनताको भावना कुल्चनकै लागि प्रचण्ड वीरगन्ज आउन लागेका हन’, यादवले भने, ‘यदि हाम्रो यो उर्दीलाई अटेर गरेर उनी वीरगन्ज आए भने हामी प्रतिकारमै उत्रन्छौँ । उनको कार्यक्रम सफल हुन दिन्नौ ।’
यता, एमाओवादी पर्साका अध्यक्ष बाबुराम कौशीकले भने मधेसी दलका युवाहरुको प्रदर्शनले अध्यक्ष प्रचण्डको कार्यक्रममा कुनै असर नपार्ने बताएका छन् । अध्यक्ष कौशीकले भने, ‘विरोध गर्ने साथीहरुसँग हामी आग्रह गर्छौँ, मलाई विश्वास छ, उहाँहरुले हाम्रो आग्रहलाइ अस्वीकार गर्नुहुन्न ।’
भारतमा मोदीलाई विपक्षीको प्रश्नः ‘चीनले नेपालसँग लिंक बनाउँदैछ, हामि किन पछि ?’
यसैबीच, चिन भ्रमणमा प्रधानमन्त्रि केपि शर्मा ओली रहैकै बेला नेपालले चीनसँग गरेको रेल्वे लाइन विस्तार सम्बन्धी सम्झौताबारे भारतमा बहस सुरु भएको छ । त्यहाँको विपक्षी राजनीतिक पार्टी भारतीय कांग्रेस लगायतले यसबारे प्रतिक्रिया समेत ब्यत्त गरेका छन ।
उस्ले प्रतिकृया जनाउँदै भनेको छ ‘भारतले दक्षिण एशियामा आफ्नो प्रभाव गुमाउँदैछ ।’ चीनले नेपालसँग रेल ल्याउने सम्झौता गरेको खबरलाई उद्दत गर्दै भारतीय कांग्रेसले नेपाल मिसनमा चीन सफल भइरहेको बताएको छ । भारतीय कांग्रेसले आफ्नो आधिकारिक ट्वीट ह्याण्डलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे प्रश्न समेत गरेको छ । कांग्रेस आइले टवीटर ह्याण्डेलमा भनिएको छ–‘भारतले दक्षिण एसियामा आफ्नो प्रभाव गुमाउँदैछ । चीन पाकिस्तानपछि नेपालमा लिंक बनाउँदैछ, मोदीसँग केही योजना छ ?
तर समाजिक संजालमा भने काग्रेसको यस्तो प्रशन पछि भारतीयहरुले नै काग्रेसलाई त्यस्को जवाफ फर्काएका छन । टवीटरमा अधिकांस प्रयोगकर्ताले उल्टै भारतिय काग्रसलाई जवाफ फर्काउदै भनेका छन ‘५५ वर्षमा तिमीले के र्गयौ ? एशियामा भारतले आफ्नो प्रभाव गुमाउन थालेको भन्ने कांग्रेस आइको आरोप पछि यतिबेला सामाजिक सञ्जालमा निकै ठूलो चर्चाको बिषय बनेको छ ।
मोदीलाई प्रश्न गरिएकोमा प्रतिवाद गर्दै ‘एक जना टवीटर प्रयोगकर्ता चिराग जैन मोडिफाइडले भनेका छन्–‘५५ वर्षदेखि तिम्रो पार्टी सत्तामा थियो, तब केवल घोटाला र्गयौ र देशलाई भिखारी बनाइदियौ, चोर आए देशभक्ति देखाउने ।’ नेपाल मामिलालाई लिएर भारतमा बहस हुँदै आएकोमा प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारतमा यसले फेरि सघन रुप लिने संकेतको रुपमा हेरिएको छ ।