सिरहामा पत्रकारलाई प्रवेश निषेध , महोत्तरीमा ९ बोरा चिट बरामद
Advertise Here Book Now

चैत्र ३ । हरेक जिल्लामा पत्रकारलाई परीक्षा केन्द्रको अनुगमन तथा समाचार सम्प्रेशनका लागि प्रवेश दिएको छ । तर सिरहामा भने पत्रकारलाई परीक्षा केन्द्र प्रवेशमा निषेध गरिएको छ।सिरहाका अधिकांश पत्रकारलाई परीक्षा केन्द्र प्रवेशमा निषेध गरिएको नयाँ पत्रिका सिरहाका सम्वाददाता दिलीप सिंहले बताए । उनले भने– ‘शिक्षा कार्यालयले नेपाल पत्रकार महासँघसँग सहकार्य गरी प्रवेश कार्ड उपलब्ध गराएको छ । तर पत्रकार महासँघले जिल्लाका अधिकांश सक्रिय तथा राष्ट्रिय मिडियका पत्रकारलाई प्रवेश कार्ड उपलब्ध गराएका छैन् । नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादब, एभिन्यूज सिरहा सम्बाददाता सन्तोष यादब, मधेस लाइभका सह–सम्पादक राजेश विद्रोही, सरगम एफएम र सरगम खबरका समाचार सम्पादक तथा स्टेशन म्यानेजर फिरोज शेखलगायतका अधिकांश पत्रकारलाई परीक्षा केन्द्रमा प्रवेशका लागि प्रवेश कार्ड उपलब्ध गराइएको छैन। जसका कारण उनीहरु समाचार सम्प्रेशन गर्न पाएनन् । विगतका बर्षहरुमा चिट चोर्न लगाउने निजी विद्यालयहरुको समाचार बाहिर ल्याउने अधिकांश पत्रकारलाई यो बर्ष परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने योजना रहेको एक निजी विद्यालयका शिक्षकले बताए । यता, जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले जिल्लाका अधिकांश पत्रकार प्रवेश कार्ड नपाएको गुनासो गरेको स्वीकारे । उनले भने– ‘हामीले नेपाल पत्रकार महासँघसँग सहकार्य गरेर प्रवेश कार्ड वितरण गरेका छौं । यसै बीच आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट भने नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्