निरीह बनेपछि अश्लील गालीमा उत्रिन बाध्य भयो एमाले (टिप्पणी)
Advertise Here Book Now

चैत्र १ । आँपको रुखमा हरियो थियो आँपको दाना । केपी शर्मा ओली नाम गरेका एकजना पण्डितले झटारो हाने, दाना हल्लियो । ‘लौ खस्यो, खस्यो’, चिच्चयाए ओली । तर दाना खसेन । लगत्तै ओलीले दर्शकहरुतर्फ फर्किँदै भने, ‘यो अमिलो आँप हो, यसलाई पाक्न दिनुहुन्न, त्यही भएर झटारो हानेको । ओलीले हरेक दिन झटारो हान्न छोडेनन् तर आँपले आफ्नो आकार लिँदै गयो र गर्मीको मौसमसँगै आँप पहेलो हुन थाल्यो । ओलीले भने, ‘सही मौका छ, अब चाहिँ यसलाई नखसाली भएन ।’ काठमाडौं, गुल्मी, पाल्पा, बुटवलको झटारोले केही नभएपछि ओली मधेस लागे झटारो ल्याउन । उनले जोडले हाने झटारो । आँपको दाना बेस्मारी हल्लियो । ओली खुशीले उफ्रिए । झटाराको बेग निकै तीब्र थियो । ओलीले आँखा तिखारी तिखारी हेरे भुईँमा । होसमा आउँदा रुखको आँपको दानाले उनलाई जिस्क्याइरहेको थियो । ओलीको मुखबाट निस्कियो– कस्तो अलिच्छिनी दाना पो रहेछ ।‘ट्याङ्ङ’ भूईमा आँपको दाना खस्ला कि भनेर हेरिरहेका ओलीको टाउकोमा झटारो बज्रियो । लौ, बजिया झटारो, आँप पो खस्ला भन्या त मेरै टाउकोमा पो बज्रिन्छ । ओली काका रन्थनिए, रिसले कन्सरी तात्यो । उनलाई भाउन्न भएर आयो, चटचट पसीना आयो, कन्सरीका रौं ताते उनका । ७ महिना निरन्तर झटारो हान्दा पनि आँप नखस्ने, झन माथि झन मैलाई झटारो लाग्ने । मुटुको ढुकुढुकी बढ्यो, श्वास बढ्यो । उनी बेहोस भएर पछारिए । होसमा आउँदा रुखको आँपको दानाले उनलाई जिस्क्याइरहेको थियो । ओलीको मुखबाट निस्कियो– कस्तो अलिच्छिनी दाना पो रहेछ । ‘राजनीतिमा तर्क र तथ्य सकिएपछि बिरोधीले गालीको सहारा लिन्छ । ७ महिनाको प्रयत्न चानचुने कुरा थिएन । अब के गर्ने ? ओली पण्डितले आफ्ना सहपण्डितहरुसँग सल्लाह गरे । कसैगरी नहुने भयो त ? यो आँप त पाकि छाड्ने भो, यसलाई पाक्न दिए हाम्रै बेइज्जती, हामी नै कमजोर हुने, मान्छेले त पाकेको आँप पो मन पराउँछन् । अनि हामी झटारो हान्ने त बढारिन्छौं चारैतिर‘। तथ्य सकियो, तर्क सकियो, झटारो सकिए । केहीले पनि नभएपछि उनीहरु बर्बराउन थाले र गाली उनीहरुको अस्त्र बन्न पुग्यो । एकजना लेनिन भन्नेले भनेको कुरा नेपाली राजनीतिमा निकै चर्चित छ । उनले भनेका थिए– ‘राजनीतिमा तर्क र तथ्य सकिएपछि बिरोधीले गालीको सहारा लिन्छ’ उनीहरुको मेची महाकाली अभियानको मूल नारा गाली बनेको छ । माओवादीविरुद्ध गाली, प्रचण्डविरुद्ध गाली, सरकारविरुद्ध गाली, मधेसी, दलित, महिला, जनजाति, परिवर्तनको रथ हाँक्न खोज्नेहरुविरुद्ध गाली । लेनिनवादको पुच्छर झुण्ड्याउने ओलीहरुले तिनै लेनिनको भनेको कुरा पुष्टि गर्दैछन् । सरकारविरुद्धमा ज्यान फालेर भ्रम र कुतर्कको झटारो हानेपनि केही सीप नलागेपछि गालीमा उत्रिँदैछन् । मानौं उनीहरुसँग राजनीति सकियो, विचार सकियो, एजेण्डा रित्तिए र मात्र बाँकी छ गाली, गाली अनि गाली । चितवनदेखि भैरहवासम्म एमालेको सभामा गालीको मात्रै वर्षा भयो । सुन्नेहरुलाई ओली काकाको भाषण भनेर बोलाइयो । गौतम चाचाको भाषण भनेर सहभागी गराइयो । तर गौतम चाचा, ओली काका, माधव माइला सबैले मात्रै गाली बके । अलच्छिना भने सरकारलाई । गाडी दुर्घटना पनि प्रचण्डकै कारण भएको भन्ने कुतर्क समेत गरे । अझ प्रचण्ड सरकारमा भएको बेला भूईंचालो आएको भए त बोक्सो नै भन्थे होलान् प्रचण्डलाई । गौतमले नालायक सन्तान भनेर सबै नेताका आमाहरुलाई नै गाली गरे । यो विशुद्ध गाली थियो, त्यहाँ कुनै राजनीतिक एजेण्डा थिएन । राजनीतिमा गालीको सहारा लिने मान्छे निरिह हुन्छ, कमजोर हुन्छ । ‘भुक्ने कुकुरले टोक्दैन’ भनेझैं एकपल्ट उनीहरु ठूलो स्वरमा चिच्याउँछन, त्यसपछि मुर्मुरिन्छन्, अनि आफैलाई चिथोर्न थाल्छन् ।अहिले यही अवस्था एमालेको भएको छ । गालीको सहारा लिने मानिस सबैभन्दा कमजोर हुन्छ । अप्ठ्यारो छ र पनि सरकारले गर्नुपर्ने काम गरेको छ । उनीहरुको मेची महाकाली अभियानको मूल नारा गाली बनेको छ । माओवादीविरुद्ध गाली, प्रचण्डविरुद्ध गाली, सरकारविरुद्ध गाली, मधेसी, दलित, महिला, जनजाति, परिवर्तनको रथ हाँक्न खोज्नेहरु विरुद्ध गाली । अझ सरकारमा कमल थापा पनि गएपछि ओलीलाई झनै छटपटी बढेको छ । अबको गाली कमल थापाविरुद्ध हुन्छ । यता सरकार भने ढुक्कसँग अघि बढेको छ । सरकारलाई थाहा छ– गालीको सहारा लिने मानिस सबैभन्दा कमजोर हुन्छ । अप्ठ्यारो छ र पनि सरकारले गर्नुपर्ने काम गरेको छ । आँप आँप हो, यसलाई आम मानिसले मन पराउँछन । यो सामान्य आँधी हुरीले खस्दैन । यो फलको राजा हो । गोविन्द गौतमको मुद्दालाई ‘क्यास’ गर्न खोज्यो एमालेले । तर सकेन । चाहेको थियो तर सीप लागेन । सरकारले इतिहासमा नै पहिलोपटक सीमाक्षेत्रमा मर्ने एक नेपालीलाई राज्यको उच्च सम्मान दियो । नेपालको इतिहासमा आम नेपाली नागरिकले राज्यबाट यसरी सम्मान पाएको सम्भवतः यो पहिलोपटक थियो । ओलीजनले यसमा केही गर्न सकेनन् । त्यहीबीचमा सरकार झनै बलियो हुन पुग्यो । ओली र गच्छदारको सहभागीतासँगै । अनि गाली नगरेर के गरुन त एमालेजन मित्रवरहरु, आँपको दाना आफ्नो पूर्ण आकारमा पाक्छ नै । आँप आँप हो, यसलाई आम मानिसले मन पराउँछन । यो सामान्य आँधी हुरीले खस्दैन । यो फलको राजा हो । त्यसैले झटारो हान्न छोड्नुस् । गाली गरेर आफूलाई निरिह प्रमाणित नगर्नुस् । इतिहासका काला पानामा आफ्नो नाम रिजर्भ गर्ने काम नगर्नुस् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्