मोर्चाद्वारा लहान नगरपालिकामा अनिश्तिकालिन तालाबन्दी
Advertise Here Book Now

फिरोज शेख लहान २०७३ चैत ४ - परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सिरहाले शुक्रबार लहान नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । मोर्चाले नगरपालिका कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्माको कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी गरेको छ। मधेशी मोर्चाले अहिलेको स्थानिय तहको पुनःसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै तालाबन्दी गरेका छन्। लहान मोर्चाका संयोजक कृष्ण बहादुर यादवको अगुवाइमा गएको मोर्चाका नेता तथा कार्यकर्ताले कालो झण्डा सहित चर्को नारावाजी गर्दै नगरपालिकामा काम गरिरहेका कर्मचारीहरुलाई कार्यलय बाट बाहिर निकाली तालाबन्दी गरेका हुन्।संयोजक यादवले जब सम्म मधेशको समस्या समाधान हुदैन तब सम्म स्थानीय तहको निर्वाचन र स्थानीय तह पुनःसंरचना मोर्चा संगै मधेशी जनताले मान्दैन। नेपाल सरकारको विवेधकारी नियतका कारण अनिश्चितकालिन तालाबन्दि गरेको छु । जब सम्म मोर्चाको अर्को निर्णय हुदैन तब सम्म तालाबन्दि जारि रहने उहाले बताए। गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचनालाई जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरेको थियो । जसअन्तरगत जिल्ला समन्वय समिति सिरहामा ६ नगरपालिका र १६ गाउँ गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ । सिरहामा स्थानीय तह पुनःसंरचनासँगै सिरहामा साविकका लहान, धनगढीमाई, सिरहा, गोलबजार, मिर्चैयासहित कल्याणपुर गाविसलाई नयाँ नगरपालिका बनाइएको छ। सिरहाको पश्चिमवर्ती क्षेत्रका साविकका कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, इटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विषणुपुर प्र.रा., भोक्राहा, बेलहा र भेडियालाई गाभेर कल्याणपुर नगरापलिका बनाइएको छ। स्थानीय तह पुनःसंरचनाअन्तर्गत नगरपालिका रहेको सुखीपुरलाई गाउँपालिका बनाइएपछि स्थानीय बासिन्दा आन्दोलित समेत भएका छन्। स्थानीय तह पुनःसंरचनाअघि ६३ गा.वि.स. र ६ नगरपालिका कायम रहेको सिरहामा फागुन २७ गतेदेखि सुखीपुरलाई नगरपालिकाबाट गाउँपालिकामा झारेर कल्याणपुरलाई नयाँ नगरपालिका बनाइएको छ। सिरहामा साविकका लहान, धनगढीमाई, सिरहा, गोलबजार, मिर्चैयासहित नयाँ कल्याणपुर नगरपालिका बनाइएको छ भने कल्याणपुर नगरपालिका कायम भएपछि बाँकी रहेका ५२ मध्ये गाढा र गोविन्दपुर मलहन्मा लहानमा गाभिएका छन्। ५० वटा गा.वि.स.लाई ११ गाउँपालिका बनाइएको छ। स्थानीय तह पुनःसंरचना अन्तर्गत सिरहामा भगवानपुर, औरही, विष्णुपुर, सुखीपुर, कर्जनहा, बरियारपट्टि, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी, अर्नामा र नवराजपुरलाई गाउँपालिका बनाइएको छ। यसै बीच नया संरचना अनुसार गाउपलिका सखुवानन्कारकट्टी वाडा न. ३ साविक गाविस महदेवा पोर्ताहाको कार्यलयको भवनमा लेखिएको नया बोर्डमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले कालोमसोले पोतेका छन् ।संगै सिरहा जिल्लाको कुनै पनि गाउपलिकाम नया बोर्डन हालन आह्वान गरेका छन्।यदि कुनै गाविसमा वोर्ड लगाए कडा प्रतिकार सहित बोर्ड लाई तोडफोड गर्दै कलोमसो पोतने चेतावनी समेत दिएको संघीय समाजवादी फोरम नेपाल गाउ ईकाई समिति महदेवा पोर्ताहाका अध्यक्ष सतेलाल यादव द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै गाउँ बिकास समिति मौवाहीमा गाउपालिकाको साइनबोर्ड पोति तालाबन्दि गरिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्