सिरहामा माध्यमिक शिक्षा परीक्षा ( एस. एल. सी ) मा भईरहेको खुल्मखुला चिट चोरी
Advertise Here Book Now
सिरहामा केन्द्राध्यक्षहरु मोठो रकम लिई खुल्मखुला परीक्षा लिदै। निजी विद्यालयहरुले परिक्षालाई अमर्यादित बनेको छ तर प्रशासन मौन
जिल्लाका केही परीक्षा केन्द्रहरुमा निजी विद्यालयले फर्जि परिचयपत्र बनाएर गार्ड राखेको पाइएको हो ।
निजी विद्यालयहरु रहेको परीक्षाकेन्द्रहरु चन्द्र मावि सिरहा, जनता बनवाली मावि वर्छवा, मोहन मावि मिर्चैया, जनसेवा मावि कर्जन्हा, जनता मावि चन्द्रोदयपुर, जमावि चन्द्रलालपुर, सरस्वती मावि जमदह, जमावि अयोध्यानगर कसहा, मावि पडरिया, पशुपति आदर्श मावि लहान, लक्ष्मण ललिता मावि लहान, मावि ब्रम्हान गोर्छारी लगायत परीक्षा केन्द्रहरुमा परीक्षामा सामेल विद्यालयहरुकै गार्ड राखेको बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाले परीक्षा केन्द्र रहेको विद्यालयलाई आफ्नै विद्यालयको जनशक्ति परिचालन गरी परीक्षा संचालन गर्न निर्देशन दिएको ति विद्यालयले बताएपनि जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयको बाहेकका शिक्षकको सहयोग लिन भनेको बताए ।
यता केन्द्राध्यक्षहरुभने जिल्लाले नै छुट दिएकाले नीजि विद्यालका शिक्षकहरु आउने गरेको बताएका छन् । जमावि अयोध्यानगर कसहाका केन्द्राध्यक्ष सुरेश कुमार साहले शिक्षा कार्यालयसँगै सोधेर गार्ड राखेको बताए ।
यसैबीच आज भएको पहिलो दिनको परीक्षामा सिराहबाट सातसय २४ विद्यार्थी अनुपस्थित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
यो वर्ष सिरहाबाट कुल १० हजार ९ सय ७१ परीक्षार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षामा जिल्लाका एक सय २८ सामुदायिक र ५४ संस्थागत सहभागी छन ।