होसियार ! होलीमा सवारी तीव्र गतिमा हाँक्दा प्रहरीको राडर गनले भेटाउला
Advertise Here Book Now

फागुन २८ । होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक प्रहरी सडकमा राडर गन लिएर उत्रिएका हुनेछन् ! सडकमा निश्चित दूरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ । ट्राफिक प्रहरीले दुघर्टना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न लागेको हो । सवारी तीव्रगतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग वा लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार होलीलाई दुर्घटनारहित बनाउन विशेष सुरक्षा योजनासहित प्रहरी परिचालित भएका छन् । होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने भएको छ । महाशाखाले यो वर्ष होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई पूर्ण निषेध गर्ने, लापरबाहीसाथ चलाउने र तीव्र गतिमा हाँक्नेलाई कारबाहीको दायरामा ल्याउने जानकारी डिआईजी लामाले दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्