निर्वाचन विथोल्ने कार्यक्रम घोषणा गर्दै मधेशी मोर्चा
Advertise Here Book Now

चैत्र १ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको ज्ञापन पत्रको आधारमा स्वतः मधेशी मोर्चाको समर्थन फिर्ता भएको हो । समर्थन फिर्तासँगै मधेशी मोर्चाले घोषित स्थानीय निकायको निर्वाचन विथोल्ने कार्यक्रम घोषणा गर्दैछ । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मंगलबार राती १२ बजेबाट सरकारलाई दिइएको समर्थन औपचारिक रुपमै फिर्ता हुने बताए । हुलाकी न्यूजसँग लालले भने,‘सरकारलाई समर्थन दिने बेलामा प्रक्रिया पुरा गरिन्छ तर समान्य अवस्थामा समर्थन फिर्ता राजनीतिक निर्णयबाट हुन्छ । त्यसकारण हामीले अस्ति नै प्रधानमन्त्रीलाई लिखित रुपमै बुझाएकोले आजबाट स्वतः समर्थन फिर्ता भएको छ । मंगलबार बसेको मधेशी मोर्चाको सचिवालयको बैठकले समर्थन फिर्ता लिएपछिको आन्दोलनको खाका बनाएको छ । सचिवालयको खाका अनुसार बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नेछ ।सचिवालयले तयार पारेको खाका अनुसार चैत्र ३ गतेदेखि ११ गतेसम्म भण्डाफोर कार्यक्रम नै हुने रामसपाका महासचिव केशव झाले बताए । झाले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार ३ गतेदेखि ११ गतेसम्म एसएलसी परीक्षा भएकोले विद्यालयलाई प्रभावित हुने कुनै कार्यक्रम नहुने बताए । १२ गतेदेखि मोर्चाले विरोध प्रदर्शन तथा निर्वाचन विथोल्ने कार्यक्रमहरु गर्ने झाले बताए ।श्रोतका अनुसार मधेशी मोर्चाले निर्वाचन विथोल्न सुरु गर्ने आन्दोलनमा निर्वाचनसँग सम्बन्धि कर्मचारीहरु तथा कार्यालयहरु निसानामा पर्नेछ । कुनै पनि अवस्थामा स्थानीय निकायको निर्वाचन हुन नदिने रणनीति मोर्चाले लिदैछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्