ओली र निधिको पुत्ला दहन
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २६ फाल्गुन ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला दहन गरेका छन् । मोर्चाले मिर्चैयामा बुधबार साझँ पुर्ब प्रधानमन्त्रि समेत रहेका ओली र गृहमन्त्रि निधिको पुत्लालाई नगर परिक्रमा गर्दै मिर्चैया बजारमा दहन गरिएको मोर्चा नेता पबतिर यादबले बताए । सप्तरीमा भएको नरसंहार उपप्रधान मन्त्रि समेत रहेका निधि र एमाले अध्यक्ष ओलीले सुनियोजित रुपमा गराएकोले पुत्ला दहन गरिएको मोर्चाले दाबी गरे । उक्त क्रममा मोर्चाले सरकार र एमालेको बिरुद्धमा जोरदार नाराबाजी पनि गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्