मिर्चैयाको ब्रम्हचारी दमोदरानंद कलेजमा बिद्यार्थी द्वारा आगजनी
Advertise Here Book Now




गणेश कुमार ठाकुर(शर्मा)
सिरहा, २८ माघ । सिरहा जिल्लाको मुटु भएको स्थान मिर्चैया नगरपालीकामा रहेको एक मात्र ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयामा विद्यार्थीहरुको आन्दोलन अराजक बन्दै गएको छ । नियमित पठनपाठको माँग गर्दै माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरेपनि कलेज  प्रंशासन कुनै चासो नदिएको भन्दै आक्रोशित बिद्यार्थीहरुले (आइतवार) आगजनी गरेका छन् ।  बिद्यार्थीहरुले कलेजको डेक्स र बेन्च बाहिर ल्याई आगजनी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो । आगो समयमा नियन्त्रणमा लिएपछि समान्य क्षति मात्र भएको प्रहरीले जनाएको छ । उक्त क्रममा आगजनी गरेको आरोपमा दर्जन भन्दाबढी बिद्यार्थीहरुलाई मिर्चैया प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका बिद्यार्थीहरुलाई सम्झाइबुझाई अबदेखि यस्तो नगर्ने शर्तमा करीब १ घण्टापछि छोडिएको छ ।अगामी दिनमा यस्तो उछृंखल गतिबिधि गरेमा पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्ने समेत डिएसपी बज्राचार्यले चेताबनी दिएका हुन् । यता, बिद्यार्थीहरले आफुहरुको माँग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । समयमा कलेज प्रशासन माँग सम्बोधन नगरे कडा आन्दोलन गर्ने बी.बी.एस तेस्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरु लक्ष्मेश्बर कापर,महेश कुमार साह,संदिप साह,सूर्या साह,अरविन्द सहनी,देब नरायन यादब,सुरज कुमार साह र बी.बी.एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु रविन साह,नितेश राय साथै बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत विद्यार्थी सलमान खानले चेताबनी दिएका हुन् । कलेजका प्रमुख संजय साहले आफ्नो व्यक्तिगत स्वार्थका कारण हामीहरुको भबिष्यलाई अन्धकारमा धकेलिरहेको अर्का बिद्यार्थी दिपेश मण्डलले आरोप लगाए । यसअघि, कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको भएपनि कुनै चासो नदेखाएकोले आगजनी गर्नुपरेको बिद्यार्थी अरबिन्द सहनीले बताए ।ज्ञातव्य, कलेजको शैक्षिक, आर्थिक र ब्यबस्थापकीय सुधारको माँग गर्दै लामो समयदेखि बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।तालाबन्दीका करण कलेजमा अध्ययनरत करीब ४ सय बिद्यार्थीहरुको पठनपाठन प्रभाबित भएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्