पूर्ण संसदीय व्यवस्था अनुसार नगर सभा सर्वसहमतीबाट सम्पन्न प्रवक्ता जमसैद
Advertise Here Book Now






अमित ठाकुर।रौतहट।माघ ०१। गणतन्त्र नेपालको परिकल्पना अनुसार गौर नगरको नगर सभा सर्वसहमतीबाट सम्पन्न भएको गौर नगरपालीकाका प्रवक्ता शेख जमसैदले बताएको छ ।
रौतहट जिल्लाको सवै भन्दा पुरानो नगरपालिका गौर नगरपालिको नगर सभा पुस ३० गते देखी शूरु भई आज माघ ०१ गते सोमवार सम्पूर्ण कार्यक्रम सर्वसहमतीबाट अनुमोदन (पारीत) गरी सम्पन्न भएको प्रवक्ता शेख जमसैदले बताए ।
नेपालकै ईतिहासमा पहिलो पटक बज्जिाका भाषामा पहिलो नगर सभा दूई दिन सम्म चलेको थियो । आईतवारको पहिलो दिनमा मधेश तराई तथा बज्जिकाञ्चाल क्षेत्रको पहिचान सहितको पहिरण तथा बज्जिाका भाषामा कार्यक्रम संचालन गरीएको थियो ।
आज सोमवार दोश्रो दिन चलेको नगर सभाको बैठकमा प्रस्तुत गौर नगरपालिकाका मेयर तथा उपमेयरको आर्थिक वर्ष २०७४÷०७५को संसोधित आय व्यय रु ४२ करोड ७१ लख ४० हजार ८५ रुपैयाको कार्यक्रम प्रति सदस्यहरुले पालै पालो आफ्नो मन्तव्य राखेका थिए । सभामा भिखारी राउत, रजाई महम्मद, भुनेश्वर साही, संजय कुमार कर्णले लगायतका सदस्यहरुले आफ्नो मन्तव्य राखेको र मन्तव्य सकिए पछि सर्व सहमीतबाट पारित गरिएको प्रवक्ता जमसैदले जानकारी दिए ।
ईतिहासमै पहिलो पटक भएको संसदीय तरीकाको नगरसभाले जनताको मतको पुर्ण कदर गरिएको तथा जनताको प्रतिनिधित्व गरेको महसुस भएको दर्शक तथा गौर नगरवासी रामलोचन साहले बताए । विगतमा भएको संसदीय प्रक्रियालाई पूर्ण अवलम्वन गरीएको थियो, जसरी संसदमा अर्थ मन्त्रीेले आफ्नो बजेट प्रस्तुत गरिन्छ र सभामुखले संसदहरुलाई आफ्नो मात राख्ने समय दिईनछ त्यसरी नै यो नगर सभा देखदा एक छिन अचम पनि लाग्यो, गौरनगरवासी रामलोचन साहले संगम संखव संग बताए ।
गौर नगरको नगर सभा अति सुन्दर तरिकाले सम्पन्न भएको छ, तर नगर सभा सफल हुदैमा सवै थोक सफल हुन्छ भन्ने छैन् । गौर नगरपालिकाको एउटा विकासको सफल खुटकिलोको रुपमा भएको भन्न सकिन्छ । यसरी गौर नगरको समग्र विकासको लागि सवै मिलि नगर सभालाई सर्वसहमतिबाट सफल गरिएका छन् त्यसरी नै पूर्ण रुपमा नियम पाल्ना गरी सवै कार्यहरु सफल होस भन्ने नागरीकको चाहना रहेको छ । रौतहटको सवै भन्दा जेठो नगरपालिका रहेको गौर नगर सभाको सफलताई एउछा सुक्रको रुपमा जिल्लाका अन्य १५ ओटा नगरपालिका तथा २ गाउँपालिकाले लिनु पर्ने देखिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्