बाढी पीडितलाई मेयर बरबरियाले ३५१ जना लाई राहत दिए
Advertise Here Book Now





नरेशचन्द्र बरबरिया धनुषा, २७ माघ ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ३ सय ५१ परिवारलाई राहत प्रदान गरेका छन् ।

नगरपालिकाको वडा नं. ३ स्थित जनता ईकाई माविको प्राँगनमा वडा नं. २ का बाढी पीडितलाई राहत वितरण गरिएको हो ।

मुलुककै कान्छो मेयरको रुपमा परिचित मेयर बरबरियाकै अगुवाईमा गणतन्त्र चिनको सहयोगमा राहत बितरण भएको हो । वडा अध्यक्ष जैसी भिनबार लगायत  सामुदायिक सुधार केन्द्रका प्रतिनिधि, सुरक्षाकर्मीहरुको  उपस्थितमा  स्थानीय बाढी पीडितहरुलाई राहत वितरण गरिएको जनाइएको छ ।
बाढी पीडितलाई सहयोगार्थ प्राप्त प्रति परिवार १ ग्यास चुल्हा, २ ब्लान्केट, २ कम्बल, ३ वटा तौलिया, नेट, गमछा, ब्रस, पेष्ट, लुगा धुने साबुन, पानी सफा गर्ने फिल्टर, बाल्टीन, जग, दुईटा कप, चम्च, डेक्ची, थाल सहित ग्लास लगायतका समाग्रीहरु प्रदान गरिएको मेयर बरबरियाले जनाए ।

राहत वितरणमा स्थानीय युवा मनोज यादव, उपेन्द्र ठाकुर, राजेश यादव,सन्तोष यादव,रबिन्द्र यादव, लगायतका युवाहरुले सक्रिय सहयोग गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्