रौतहटमा प्रहरीकै मिलोमतोमा अबैध मदिरा भठी संचालनमा
Advertise Here Book Now




अमित ठाकुर।रौतहट।माघ २९ । रौतहट जिल्लाको विभिन्न ठाउँमा अबैध मदिरा बनाउने भठ्ठीहरु संचालनमा अाएका छन। भने केही रौतहट प्रहरीकै मिलोमतोमा उक्त भठ्ठीहरु संचालन भएको एक जनाले नाम न खोल्ने उदेश्यले जनाएको छ।संचालनमा अाएको भठ्ठीबाट दिनहु अबैध मदिरा बनाई गौरको विभिन्न भठ्ठीमा बिहान पुर्‍याउने गर्दछन। सरकार पक्क्षले खुल्ला मदिरामा प्रतिबन्ध लगाएता पनि रौतहटमा खुल्ला मदिरा भठ्ठीहरु अहिले सम्म बन्द भएको छैन। संचालनमा अाएको मदिरा भठ्ठीहरु न बन्द हुनुको कारण प्रहरीकै कमजोरी देखिएका छन। प्रहरी प्रमुखको टोलीले  रौतहटमा एका तर्फ अबैध मदिरा नष्ट गर्नमा लागेका छन।भने अर्को तर्फ केही प्रहरीहरुले पैसाको चलखेलमा अबैध मदिरा भठ्ठी चलाउनमा खुल्याम सहयोग गरि रहेका छन। मदिरा उत्पादन गर्नमा गौर सिसवा निवासी रामजनम दास जुन सिसवा गाउँमै मदिरा बनाउने भठ्ठी संचालन गरेको छ।त्यस्तै सबगढाको मदन साह तेली र बिध्यालाल साह तेली सबगढामानै खुल्याम अबैध मदिरा बनाउने भठ्ठी चलाई रहेका छन।तयस्तै गौरको पुर्व लक्ष्मीपुर गाउँमा बली जयसवालले अबैध मदिरा बनाउने भठ्ठी चलाई रहेको छ। भने कही न कही प्रहरीकै संलग्नतामा उक्त भठ्ठीहरु चलि रहेका छन। ती ब्यक्तिहरु रातमा अबैध मदिरा उत्पादन गरि बिहान बिहान गौरको पुरै मदिरा भठ्ठीमा बनाएको मदिरा पुर्‍याउने गर्दछन।कुहिएको कच्चापदार्थले बनाएको मदिरा स्वास्थ्यमा निकै असर पर्ने एक चिकित्सकले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्