पैसाको सही लगानी गर्नकै लागि बैंक खोलेको छु ः तिवारी
Advertise Here Book Now

एसके कामति
सिरहा, असार १ गते । सिरहामा प्रोभिडेन्ट मर्चेन्ट बैंकले व्यवसायीसँग अभिमुखीकरण गरेको छ । सदरमुकाम सिरहामा आयोजना गरिएको लगानी व्यवास्थापन, पूँजीबजार तथा बैंकिङ सम्बन्धी अभिमुखीकरणमा बैंकका सिइयो विमल तिवारीले लगानीवारे विस्तृत रुपमा जानकारी गराएका थिए ।
सिरहाका व्यापारीहरुको उपस्थिती रहेको अभिमुखीकरणमा सिइयो तिवारीले बैंकले अवलम्बन गरेको नीति, डिम्याट खाताबाट लगानी व्यवस्थापन, बैंकको सेयर लगायतका वारेमा प्रष्टयाएका थिए ।
उक्त अवसरमा व्यवसायीहरुले प्रोभिडेन्ट मर्चेन्ट बैंकमाथि कसरी विश्वास गर्ने प्रश्न तेर्साएका थिए । सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दारले विश्वास गर्न सक्ने आधारहरु के हो भन्दै प्रश्न गरेका थिए ।
उक्त बैंकका निर्देशक एवं सिरहाको मिर्चैयामा रहेको सगरमाथा बोर्डिङ स्कूलका प्रिन्सिपल प्रदिप तिवारीले विश्वास बनाउनकै लागि आएको बताए । उनले भने,‘हामी त्यही विश्वास बनाउन तपाईहरु वीचमा आएका छौं । पैसाको लगानी कहाँ गर्न सकिन्छ, त्यसवारे विस्तृत वुझेरै बैंक खोलेको छु ।’
नीजि शिक्षा क्षेत्रमा गरेको लगानीबाट आफू खुशी भएको भन्दै निर्देशक तिवारीले आर्थिक समृद्धिको लागि बैंक क्षेत्रबाट लगानी सदुपयोग गर्न बौंक खोलिएको बताए ।
अभिमुखीकरणमा व्यवसायीहरुले बैंकबारे थप कुरा बुझेर आफूहरु लगानी वारे निर्णय लिने बताएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्