नजबुललाई बेटी सम्मेलनको नशा
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, २ भदौ । आसन, भाषण र शासनमा महिलालाई अग्रसर गर्नुपर्ने आवाज उठाउंदै अभियानमा लागेकी मुलधार महिला सेवा (मासवेस) उदयपुर नजबुल खानले प्रदेश २ मा जनप्रतिनिधिहरुलाई भेट्न थालेको छ । नजबुललाई यत्तिबेला बेटी सम्मेलन गर्न नशा जागेको छ । लैङ्गिक समानता र समावेशी अधिकारका लागि राष्ट्रिय अभियान, आसनमा महिला, भाषणमा महिला अनि शासनमा महिला, शिक्षा र महिला सहभागिता भन्ने मूल नाराका साथ मासवेसका नजबुल खानका टिम स्थानीय तहका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुलाई भेट्दै महिला अधिकारको लागि आवाज उठाउंदै आएको छ । मासवेसका अध्यक्ष समेत रहेका नजबुला खान (निलम) लगायतका समुहले अधिकारमुखी सवाललाई राष्ट्रिय स्तरसम्म पुर्याउंन ‘नोट अफ डिसेन्ट’ जस्ता राष्ट्रिय मुद्दालाई अधिकारमुखी सवालको रुपमा अगाडि बढाईरहेको छ । महिला समावेशी र समानुपातिको लागि भदौ २ गते राजविराज नगरपालिकाका मेयर शम्भुकुमार यादव र उपमेयर साधना झासंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा नजबुल टिमले लैङ्गकि समानता र समाबेशी अधिकारका लागि प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्बन्धमा छलफल गरेका छन् । महिला अधिकारको लागि यो टिम आज लहान हुंदै काठमाण्डौ लागेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्