सिरहामा खुल्लेआम अश्लिल “ओरकेष्ट्रा”, विकृति फैलदै
Advertise Here Book Now

विनय यादव सिरहा स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि मिर्चैयामा खुल्लेआम मूख्य राजमागको छेउमै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । विश्वकर्मा पूजाको अवसर पारेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मिर्चैया नपा–६ स्थित मटियर्वा चोकमा दिनदहाडै खुल्लेआम अश्लिल ओरकेष्ट्रा नचाइएको हो ।सिरहाको गमहरीया, माडरमा पनि ओरकेष्ट्रा सुरु भए लगतै झगडा भएको थियो र बन्द भएको थियो।

जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले भजन कृर्तन बाहेकका अश्लिल कार्यक्रम तथा नृत्यमा पूर्णतः रोक लगाएपनि मिर्चैयामा भने सुन्नै नसकिने अश्लिल भोजपुरी गित बजाएर महिला नर्तकी (ओरर्केष्ट्रा) नाचिएको छ ।





विश्वकर्मा पूजाको अवसर पारेर स्थानीय केही यूवा तथा व्यापारीहरुले मनोरञ्जनको हिसाबले महिला नर्तकी (ओरकेष्ट्रा) नचाएका हुन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहसँग यस सन्दर्भमा कुरा गर्दा उनले सामान्य साँस्कृतिक कार्यक्रम भएको दावी गर्दै अश्लिल ओरकेष्ट्रा बारे जानकारी नभएको र आयोजकलाई सामान्यखाले कार्यक्रमको मात्र अनुमति दिएको बताए । उनले भने ‘महिला नर्तकी र अश्लिल गितमा नृत्य गर्न पाउँदैन, समाजिक सद्भाव खलबल्लीने गरी त्यस्तो कुनै प्रकारको गतिविधि गर्न पाउँदैन ।’ डिएसपी शाहले न्यूज ब्यूरो सँग भने ।

तर, स्थानीय बुद्धिजिवीहरुले भने मूख्य राजमार्गमै खुल्लेआम अश्लिल गितमा ओरकेष्ट्रा नचाउनु र प्रहरी अनभिज्ञ रहनुमा पावरबालाको ईसारा हुन सक्ने प्रतिक्रिया दिए ।

पछिल्लो समय प्रदेश २ मा कुनैपनि पर्वमा ओरकेष्ट्रा नभई नहुने जस्तो प्रवृति हावी भएको देखिएको छ । धार्मिक पूजनपाठनमा यस किसिमको अश्लिल कार्यक्रम आयोजना गरिएर तराई–मधेशको सँस्कृति उपर धारिलो प्रहार भएको देखिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्