शिक्षा, स्वास्थ्य र रोजगारीको लागि शिपमुलक ज्ञान प्रवाह गर्न जोड
Advertise Here Book Now

मेयर चौधरीले यहाँका जनता शिक्षातर्फ अग्रसर भयो भने समाजमा रहेको बालविवाह, महिला हिँसा, बेरोजगारीलगायत हिँसात्मक क्रियाकलाप अन्त्य हुँदै जाने उहाँले बताउँनुभयो । प्रज्ञा समाजका अध्यक्ष अलाउदीनका सभाध्यक्षतामा भएको सो कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतिश सिँहयादवले यो सँस्थालाई हाम्रो नगरपालिकामा आएर काम गर्न आव्हान गर्न चाहन्छु भन्दै समाजिक रुपान्तरणमा सँघसँस्थानहरुको महत्वपूर्ण भूमिका रहेको बताउँनुभयो ।
बलान विहुल नगरपालिकाका प्रमुख दयानन्द गोइतले मानव सेवामा यो सँस्था अघि बढिरहेकोले छलकपटबाट अलग भएर निष्पक्ष र भयमुक्त भएर अघि बढ्न उहाँले बताउँनुभयो । प्रज्ञा समाजको ५ औं साधारणसभामा समिम, फते अहमद, हकिम, मजेबुल, सकिर रहमान, अनवर, आयुबलगायतका वक्तहरुले युवाहरुलाई कुलतबाट निकालेर रोजगारीमुलक तालिम दिनुपर्छ । यसको लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने । आज मान्छे मान्छेबीच घृणा भइरहेको छ, यसको अन्त्यको लागि शान्ति सुरक्षाको जरुरी छ । जाडोमा गरिबहरुको समस्या छ, यिनीहरुको लागि न्यानो लुगाको खाचो छ । बालविवाह, घरेलु हिँसा, बहुविवाह, हिँसात्मक क्रियाकलाप अन्त्य गर्न जोड दिएका थिए ।
