१० दिने मिथिला पेन्टिंग तालिम शुरु
Advertise Here Book Now

बैशाख ४ गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बुधवारदेखि १० दिने मिथिला पेन्टिंग तालिम शुरु भएको छ । स्थानीय विकास प्रतिष्ठानको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा १० दिने मिथिला पेन्टिंग तालिम शुरु भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई १० दिनसम्म मिथिला पेन्टिंग सिकाईने प्रतिष्ठानले जनाएको छ । स्थानीय विकास प्रतिष्ठानका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा समाजसेवी रघुनाथ दासको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महिला नेतृ निलम कर्ण , अनिता श्रीवास्तव , रिकुं शाह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , सदस्य किशोर मंडल , पूर्वाधार विकास कार्यालयका विरेन्द्र प्रसाद साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष झाले जानकारी दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्