हत्याको आरोपमा सिरहा प्रहरीदुवारा एक जना पक्राउ
Advertise Here Book Now

महेश सिंह महतो , सिरहा , जेष्ठ ३१ ।सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका–२ को २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । अपहरण गरेको यादवलाई गत २०७५ फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छ्न ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्